काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ, भृकुटीमण्डपको आयोजना तथा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको प्राविधिक सहयोगमा श्रावण महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

श्रावण ११ गते सम्पन्न कार्यक्रममा पशुपतिनाथ दर्शनका लागि आएका श्रद्धालु भक्तजनलाई लक्षित गरी प्राथमिक स्वास्थ्य सेवा तथा खानेपानी वितरण गरिएको थियो।

संघका सचिव (प्रशासन) श्रीमती बरुणा थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका कार्यसमिति पदाधिकारी, आसरा सुधार केन्द्र, रानीबारी काठमाडौंका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत १७१ जना श्रद्धालु भक्तजनले निःशुल्क प्राथमिक स्वास्थ्य परीक्षण गराई सेवा लिएका थिए। नेपाल प्रहरी श्रीमती संघले यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय