आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, व्यावसायिक साझेदार, इष्टमित्र तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।

असत्यमाथि सत्य र अन्धकारमाथि उज्यालोको विजयको प्रतीक शुभ दीपावली, नयाँ उमंग र उत्साह बोकेको नेपाल संवत् ११४७ तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पवित्र पर्व छठ २०८३ को सुखद अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

हाम्रा चाडपर्व केवल उत्सव मात्र नभई हाम्रो मौलिक संस्कृति, परम्परा, पहिचान र सामाजिक सद्भावका अमूल्य धरोहर हुन्। यस्ता पर्वले परिवार, आफन्त र समाजबीच प्रेम, आत्मीयता, एकता र भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिएको छु।

थ्रेड गार्मेन्ट एण्ड लुगा घरको यात्रामा यहाँहरूले देखाउनुभएको माया, विश्वास र साथप्रति म हार्दिक आभार व्यक्त गर्दछु। ग्राहकहरूको रोजाइ, सन्तुष्टि र विश्वासलाई सधैँ उच्च प्राथमिकतामा राख्दै गुणस्तरीय पहिरन, उचित मूल्य र भरपर्दो सेवामार्फत आफ्नो व्यावसायिक यात्रालाई अझ प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता छ।

हाम्रो व्यवसायलाई विश्वास गरेर साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा सहयोगीहरू नै हाम्रो सफलताका वास्तविक आधार हुनुहुन्छ। आगामी दिनमा पनि यहाँहरूको विश्वासलाई कायम राख्दै अझ गुणस्तरीय सेवा र उत्कृष्ट उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु।

अन्त्यमा, दीपावलीका उज्याला दीपहरूले हरेक घरपरिवारमा सुख, शान्ति र समृद्धिको प्रकाश छरून्। नेपाल संवत्को नयाँ वर्षले नयाँ उत्साह, अवसर र सफलताको ढोका खोलोस्। छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु।

शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना!

शुभकामना प्रेषक

श्री कृष्ण राज तिमिल्सिना
सञ्चालक / CEO
Thread Garment & Luga Ghar
इमाडोल, ललितपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय