
काठमाडौं । बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको सुरक्षा व्यवस्था सुदृढ गर्नुका साथै अस्पताल परिसरमा आवागमन सहज बनाउने उद्देश्यले आधुनिक स्ट्रीट लाइट हस्तान्तरण गरिएको छ।
सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीको विशेष पहल तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीसँगको समन्वयमा अस्पताललाई उक्त स्ट्रीट लाइट हस्तान्तरण गरिएको हो।

सामाजिक उत्तरदायित्व र सेवाभावलाई प्राथमिकता दिँदै गरिएको यस सहयोगले अस्पताल परिसरको रात्रिकालीन सुरक्षा व्यवस्थामा सुधार ल्याउनुका साथै उपचारका लागि आउने सेवाग्राही, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।





