काठमाडौं, कात्तिक १६। सडक सुरक्षा अभिवृद्धि तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले काठमाडौंको रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) मा सडक सुरक्षा तथा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।

आइतबार आयोजित कार्यक्रममा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण, पैदलयात्रीको सुरक्षा तथा जिम्मेवार सडक व्यवहारका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका लागि चालक, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताले आ–आफ्नो जिम्मेवारीबोध गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको थियो।

सडक दुर्घटना न्यूनीकरण केवल ट्राफिक प्रहरीको प्रयासले मात्र सम्भव नहुने भएकाले प्रत्येक नागरिक सचेत, जिम्मेवार र अनुशासित बन्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

सुरक्षित सडक निर्माण, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा दुर्घटनामुक्त यातायात प्रणाली विकासका लागि नागरिकस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय