कपिलवस्तु, कात्तिक १३ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्लावासस्थित कुटकुटे सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको नौ सदस्यीय प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार वनभित्रको ‘लहरे उकाली’ भन्ने स्थानमा काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला परेका थिए।

बरामद गरिएका सबै बन्दुक साबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ। बन्दुकहरू बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय