पर्सा। पर्साको वीरगञ्जबाट प्रहरीले भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२५ खाल्वाबाट कात्तिक १६ गते बिहान करिब ९ः३० बजे भारतबाट भन्सार छली ल्याइएका २ लाख ३१ हजार ६०४ रुपैयाँ बराबरका विभिन्न प्रकारका औषधि बरामद गरिएको हो।

त्यसैगरी, असोज १५ गते साँझ करिब ७ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरिएको ५ लाख ५९ हजार ८२० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा, २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका भैंसी तथा १० हजार रुपैयाँ मूल्यको एउटा खसी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका औषधि, लत्ताकपडा तथा पशुचौपायासहित कुल १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका सामान आवश्यक कारबाहीका लागि कात्तिक १६ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी चक्रबहादुर मल्लले उक्त जानकारी दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय