बुटवल। दाङमा बिलबिजकबिना ओसारपसार भइरहेको करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्यका सवारीसाधनमा प्रयोग हुने विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कात्तिक १५ गते बिहान करिब ९ बजे राप्ती गाउँपालिका–१ भालुबाङ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा बिलबिजक नभएका सवारीसाधनका विभिन्न सामान फेला पारेको थियो।

बरामद सामानको अनुमानित मूल्य ४ लाख ३६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय