भक्तपुर, २ असोज । सूर्यविनायक नगरपालिका–१ बाट प्रहरीले ६८ ग्राम ८ सय ३० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–६ का २६ वर्षीय अन्जनी नन्दन चौधरी, बलान बिहुल गाउँपालिका–१ का २० वर्षीय निकेश यादव र सिराहाको लहान नगरपालिका–१५ का २३ वर्षीय सुशान्त चौधरी रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले लागूऔषध कारोबारसम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय