काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन् । उनलाई सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाएका थिए । जाँचका क्रममा ट्यांकीबाट २१ वटा पोकामा राखिएको करिब ९ किलो ५ सय ग्राम चरेश बरामद भएको छ ।

बरामद चरेश र मोटरसाइकलसहित चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय