सुर्खेत । कर्णाली प्रदेशमा बाढी, पहिरो लगायतका विपद्का घटना बढ्दै गएका छन् । पछिल्लो समय जाजरकोटमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

आइतबार राति नलगाड नगरपालिका–१ र २ बीचको बौलाहा खोलामा आएको बाढीले भूकम्पपीडितका ८ भन्दा बढी अस्थायी टहरा, पसलका सामान र पशुचौपाया बगाएको छ । मानवीय क्षति नभए पनि भूकम्पपीडित परिवार थप समस्यामा परेका छन् ।

यसअघि साउन ३० गते भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा ४ जनाको मृत्यु र १० जना घाइते भएका थिए ।

प्रदेश प्रहरीका अनुसार यस वर्ष साउनदेखि भदौ ३० गतेसम्म कर्णालीमा १५७ विपद्का घटना भएका छन् । ती घटनामा १० जनाको मृत्यु, २६ जना घाइते र २ जना बेपत्ता भएका छन् ।

यस्तै, पछिल्ला ४१ महिनामा २ हजार ४४३ विपद्का घटना हुँदा २६१ जनाको मृत्यु र ७५३ जना घाइते भएका छन् । पहिरो कर्णालीमा सबैभन्दा ठूलो जोखिमका रूपमा देखिएको छ । २०७२ देखि २०८२ वैशाखसम्म पहिरोका कारण मात्रै १९२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय