काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी संगठनभित्र आईजीपीदेखि डीएसपी र इन्स्पेक्टरसम्मको नियुक्ति तथा सरुवामा पार्टीले हस्तक्षेप नगर्ने बताएका छन्।

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुरक्षा निकायमा हुने नियुक्ति तथा नेतृत्व परिवर्तन सरकारको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पारेका हुन्।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयबारे बोल्दै उनले त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताए।

‘पार्टीले आईजीपी, डीएसपी, इन्स्पेक्टर फेर भनेर विल्कुल भन्दैन,’ लामिछानेले भने, ‘त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हो।’

उनले प्रहरी नेतृत्व परिवर्तन संवेदनशील विषय भएकाले सरकारले उपयुक्त समयमा निर्णयको कारण सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।

यसैबीच, पार्टी र सरकारबीच समन्वय तथा तालमेल नमिलेको भन्ने चर्चालाई पनि लामिछानेले अस्वीकार गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय