
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। जाँचका क्रममा मोटरसाइकलको ट्यांकीबाट २१ वटा पोकामा राखिएको करिब ९ किलो ५ सय ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई बरामद चरेश र मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।




