बाँके — प्रहरीले बैजनाथ गाउँपालिकाबाट नेपाली सेनामा कार्यरत एक जवानलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ घर भई हाल नेपाली सेनाको जग दल गण, काठमाडौंमा कार्यरत २६ वर्षीय सन्जु आले रहेका छन्।

बुधबार अपराह्न लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सन्जुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार सन्जुको घरमा लागूऔषध लुकाइएको विशेष सूचनाका आधारमा खानतलासी गर्दा जाँडको डरमभित्र लुकाइ राखिएको अवस्थामा १० ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो।

पक्राउ परेका सैनिक जवान आलेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय