
पाल्पा, असार १२ गते।पाल्पाको साविक सिलुवा–९ (हाल पूर्वखोला गाउँपालिका–१) मा सासू चिनीसरा सार्कीको हत्या गरी फरार रहेका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
२०६१ साल असार १९ गते सासूलाई कुटपिट र घाँटी थिची हत्या गरी भारत फरार भएका सार्कीलाई प्रहरीको विशेष टोलीले बिहीबार बिहान ४ बजे नेपालगञ्जको जमुनाहा नाकाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार मृतककी छोरीले दोस्रो विवाह गरेपछि घरायसी विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। पक्राउ परेका सार्कीले हत्याको स्वीकारोक्ति दिएका छन्।
उनीमाथि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (१) अनुसार ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



