सुर्खेत, असार ४ — कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पछिल्लो सात दिनमा विभिन्न अपराधमा संलग्न भई फरार रहेका ५० जना अभियुक्तलाई पक्राउ गरेको छ।

विभिन्न आपराधिक घटनामा संलग्न भई अदालतबाट कैद तथा जरिवाना तोकिएको भए पनि सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरूलाई खोजतलास गरी पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

२०७९ सालको अदालतको फैसला कार्यान्वयन गर्न प्रदेशभर अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। मिति २०८२ साल जेठ २८ गतेदेखि असार ३ गतेसम्मको ७ दिनको अवधिमा विभिन्न जिल्लाबाट पक्राउ परेका अभियुक्तहरूलाई सम्बन्धित अदालतमा बुझाइएको हो।

पक्राउ परेका ५० जना फरार प्रतिवादीहरूमध्येबाट २४ वर्ष १० महिना १ दिन कैद र रु १ लाख ८९ हजार १२८ जरिवाना असुल गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रहरीका अनुसार यस्तो अभियानलाई थप प्रभावकारी बनाउँदै फरार अभियुक्तविरुद्धका कार्यवाहीलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय