काठमाडौं — वैदेशिक रोजगारीको आकर्षक प्रस्ताव देखाउँदै युके र लिथुआनिया पठाइदिन्छु भनी लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा जनकपुरधाम–४ घर भएकी २६ वर्षीया सुजनीकुमारी साह, काठमाडौं महानगरपालिका–३ बस्ने धरान उपमहानगरपालिका–३ का ३४ वर्षीय दीपककुमार उदास, र भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन्।

प्रहरीका अनुसार सुजनीकुमारीले युके पठाइदिने भन्दै एक पीडितबाट १७ लाख ४ हजार रुपैयाँ, दीपककुमारले २ लाख ३४ हजार रुपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिने भन्दै दुई जना पीडितबाट ६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सुजनी र रेशिकालाई काठमाडौं–३२ बाट तथा दीपककुमारलाई काठमाडौं–१२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय