नेपालगंज । बाँकेको कोहलपुरमा सादा पोशाकमा खटिएका प्रहरी र घुमुवाले मोबाइल पसल सञ्चालकसँग डरधम्की देखाई ५ लाख रुपैयाँ असुलेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

थ्रिस्टार मोबाइल पसलका सञ्चालकले उजुरी दिएपछि प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द बर्मा, र सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, साथै मोबाइल व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र पत्रकार सूर्यप्रसाद रिजाल पक्राउ परेका हुन्।

उनीहरूले जेठ २१ गते जानकी गाउँपालिका–६ प्रिप्रहवाको एक खाजा पसलमा भारतीय नम्बर प्लेट (UP 50 AA 9885) भएको कारमा आएर ५ लाख रुपैयाँ लिएको सीसीटीभी भिडियो प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

इप्रका कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालका अनुसार अपराधको योजना बनाई डर देखाएर रकम असुलेको पुष्टि भएपछि उनीहरूमाथि आपराधिक लाभसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर