कञ्चनपुर – किसानलाई पावरटिलर मेसिन उपलब्ध गराउने भन्दै वर्षौंदेखि रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपाल संस्थाकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन्।

खड्कासँगै उक्त ठगीमा संलग्न धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले उनीहरूलाई शनिवार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याइएको जानकारी दिए।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किसानहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। सुशिला खड्काले विभिन्न व्यक्ति, समूह र सहकारीमार्फत प्रति किसान ५० हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म असुली गर्दै आएको अनुसन्धानमा खुलेको छ।

उनको समूहले हजारौं किसानबाट रकम संकलन गरे पनि अहिलेसम्म एकजनालाई पनि पावरटिलर नदिएको प्रहरीले जनाएको छ।

ठगी प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय