सिन्धुली — जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. २ स्थित झनझने प्रहरी चेकपोष्टमा चेकजाँचको क्रममा १०७.११ केजी गाँजासहित एक जना पिकअप चालकलाई नियन्त्रणमा लिएको छ।

२०७९ साल जेठ १६ गते बिहान करिब ४:०० बजे प्रहरी निरीक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाको कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५६७१ नम्बरको सिमेन्ट लोड पिकअप गाडी जाँच गर्ने क्रममा सिमेन्टको बोराले छोपेर लुकाइएको अवस्थामा लागुऔषध गाँजा फेला पारेको हो।

गाडी चालक रौतहट, गरुडा नगरपालिका वडा नं. ४ का १९ वर्षीय गोपाल साह रहेका छन्। गाडीबाट १५ केजी बराबरको सातवटा पोका बरामद गरिएको थियो, जसको कुल तौल १०७.११ केजी रहेको प्रहरीले जनाएको छ।

हाल उक्त गाँजा, चालक र गाडीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आवश्यक अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय