काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिएको चाँदीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार मंगलबार राति करिब ९:४५ बजे चन्द्रगिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टमा प्रहरीको नियमित चेकजाँचका क्रममा बाराको वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बा.प्र.०१–००३ ख ३७०९ नम्बरको यात्रुबाहक बसका सहचालक अनिशकुमार सिंहलाई नियन्त्रणमा लिइएको हो।

बाराको कलैया उपमहानगरपालिका–४ घर भएका ३२ वर्षीय सिंहले बसभित्र लुकाएर ल्याएको अवस्थामा बिल नभएका चाँदीका सिक्री, चन्द्रमा, पाउजुजस्ता गहना बरामद गरिएको प्रहरीले जनाएको छ। ती गहनाको कुल तौल १२.१७६ किलोग्राम रहेको छ।

प्रहरीका अनुसार चाँदीको स्रोत र उद्देश्यबारे स्पष्ट नदेखिएकाले सहचालक सिंहलाई नियन्त्रणमा लिइएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय