
कैलाली— धनगढीमा संयुक्त प्रहरी टोलीले लागु औषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले धनगढी उप–महानगरपालिका–०३ चौराहा र वडा नं. १२ जुगेडा B गाउँबाट उक्त पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा: भारतको लखिमपुर खिरी गोला घर भई हाल पलिया बस्ने २४ वर्षीय अबनिश कुमार ,धनगढी उप–महानगरपालिका–०३ चौराहाबाट १६ ग्राम २३० मिलिग्राम ,धनगढी उप–महानगरपालिका–११ बस्ने ६६ वर्षीय मोती राना — वडा नं. १२ जुगेडा B गाउँबाट १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ र ऐ.ऐ. चैना राना — मोती रानासँगै जुगेडा B गाउँबाट पक्राउ परेका छन् ।
पक्राउ परेकासँग बरामद सामग्री जम्मा १७ ग्राम ८५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त्ता /डिएसपी राजकुमार सिंहले जानकारी दिनु भयो ।
साथै , पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



