काठमाडौं, वैशाख २८ – “गृहमन्त्रीको निकट सहयोगी हुँ” भन्दै राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज र धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ तिनदोबाटोबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठले विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूलाई फोनमार्फत धम्क्याउने, गालीगलौज गर्ने र प्रशासनिक कामकाजमा अवरोध पुर्‍याउने गतिविधि गर्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठ काभ्रेको बनेपा नगरपालिका–३ निवासी हुन्। उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय