काठमाण्डौं—काठमाडौं महानगरपालिका–२० परोपकार पुलमुनि भएको एक व्यक्तिको हत्यामा संलग्न आरोपमा ३२ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकका श्रेष्ठले काभ्रेका विक्रम तामाङलाई १६ वैशाखमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारका क्रममा तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

व्यक्तिगत रिसइबीका कारण हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डल्लुबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय