
काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय, बागलुङ अन्तर्गतका इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको कार्यसम्पादनलाई उचित मूल्याङ्कन गर्दै थप हौसला प्रदान गर्ने उद्देश्यले “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” छनोट कार्यविधि – २०८१” लागू गरिएको छ यसै सन्दर्भमा, फागुन महिनाको उत्कृष्ट प्रहरीको रूपमा प्रहरी सहायक हवल्दार धन बहादुर चन्द चयन हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत देवराज काफ्ले ले धन बहादुर चन्दलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको छ। साथै, प्रमुख काफ्लेले अन्य प्रहरी कर्मचारीहरूलाई पनि कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न आवश्यक निर्देशन प्रदान गर्नुभएको छ।

सहायक हवल्दार चन्दलाई किन सम्मान गरियो ? कसरी भए फागुन महिनाका उत्कृष्ट प्रहरी घोषणा—
सांगठनिक नीति निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, निष्ठा, तथा उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्ने क्रममा, मिति २०८१।११।०५ गते राति २०:०० बजे बागलुङ जिल्ला, गल्कोट न.पा.-०९, बासखोला स्थित मध्यपहाडी लोकमार्गदेखि करिब २० मिटर पश्चिमतर्फ रहेको खरबारीमा लुकाइछिपाई राखिएको अवस्थामा तीन थान नाले भरुवा बन्दुक फेला पारिएको र सो बन्दुक यस कार्यालयमा पठाइएको छ।
त्यसैगरी, अदालतको फैसलालाई कार्यान्वयन गर्ने क्रममा सम्मानित अदालतद्वारा लगत कसिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।
यसै क्रममा, मिति २०८१।११।२२ गते बिहान करिब ११:०० बजे, गल्कोट न.पा.-०४ निवासी देउरुपा न्यौपानेको घरमा, जिल्ला बागलुङ ताराखोला गा.पा.-०५ स्थायी घर भई हाल गल्कोट न.पा.-०२, नरेठाँटी बस्ने करिब २० वर्षीय सुरज परियारले घरमा कोही नभएको मौका छोपी चोरी गरेको पुष्टि भएको छ। उनले निम्न चोरीका सामग्रीहरू लिएर फरार भएका थिए:
• सुनको सिक्री – १ थान
• सुनका औंठी – २ थान
• सुनका कानका रिङ – २ थान
• सुनको मुन्द्रा – १ थान
• सुनको लकेट – १ थान
• चाँदीको ब्रासलेट – १ थान
• नगद रु. ११,२००/- (अक्षरुपी एघार हजार दुई सय रुपैयाँ)
• REDMI 9 मोबाइल – १ थान
इलाका प्रहरी कार्यालय, गल्कोट बागलुङका प्रहरी सहायक हवल्दार धन बहादुर चन्दले चोरीका सामानसहित अभियुक्तलाई फेला पारेर नियन्त्रणमा लिन सफल भएका छन्। उनले उच्च अनुशासन पालना गर्दै व्यावसायिक दक्षता प्रदर्शन गरी प्रहरी संगठनको गरिमा अभिवृद्धि गरेका छन्।
यसै सन्दर्भमा, उनको योगदानलाई कदर गर्दै “उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१” बमोजिम २०८१ साल फागुन महिनाका “उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरिएको छ।
कार्यक्रमका केही झलकहरू:




