काठमाडौं — पहिले घण्टौं लाइन बस्नुपर्ने प्रहरी रिपोर्ट (पुलिस रिपोर्ट) अब अनलाइनबाटै एकै दिनमा प्राप्त गर्न सकिने भएको छ।

प्रहरी प्रधान कार्यालयले जनशक्ति र स्रोतसाधन विस्तार गरी अनलाइनमार्फत २४ घण्टाभित्रै पुलिस रिपोर्ट दिने व्यवस्था गरेको हो। प्रहरी कार्यालय धाउनुपर्ने झन्झटसमेत हटाइएको छ। अत्यावश्यक अवस्थामा भने ५–६ घण्टाभित्रै रिपोर्ट उपलब्ध गराउने गरिएको प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी कुवेर कडायतले जानकारी दिए।

प्रहरीमा दैनिक २,००० देखि २,५०० अनलाइन आवेदन आउने गरेका छन्। २०७६ सालदेखि नै अनलाइन प्रणाली लागू भए पनि प्रमाणीकरण प्रक्रियाका कारण केही समय लाग्ने गरेको थियो। तर, हाल चालचलन शाखामा जनशक्ति थपिएपछि सेवा सहज र छरितो बनेको छ।

अनलाइन सेवा सुरु भएदेखि २०७६ को असोजयता ३४ लाखलाई पुलिस रिपोर्ट प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस सेवा पूर्ण रूपमा निःशुल्क रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय