
काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका-६ स्थित प्रज्ञा सदनको एजुकेशनल अंग्रेजी विद्यालयमा “लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम” सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय इलाम, र सोही विद्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाले लागु औषध तथा साइबर अपराधसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो। कार्यक्रममा इलामस्थित नेपाली सेनाका प्रमुख सेनानी, अनुसन्धान उप-निर्देशक, सशस्त्र प्रहरी, शिक्षक-शिक्षिका, तथा विद्यार्थीहरू सहभागी थिए।


कार्यक्रममा नेपालि सेनाद्वारा विपद् व्यवस्थापनसम्बन्धी डेमोस्ट्रेसन समेत प्रस्तुत गरिएको थियो। साथै, सहभागिहरूबाट उठाइएका जिज्ञासाहरूलाई प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेनाका प्रमुख सेनानी, तथा इलाम प्रहरी प्रमुखले सम्बोधन गर्नुभएको थियो।




