
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।
काठमाडौं प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार तामाङलाई सोमबार सिंहदरबारबाट पक्राउ गरिएको हो।

प्रधानमन्त्रीले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी हुन उनी सिंहदरबार पुगेका थिए। बैठक सकिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरी दरबारमार्गस्थित हिरासतमा राखेको छ।
तामाङविरुद्ध अरुण अर्यालले दरबारमार्ग वृत्तमा बैंकिङ कसुरसम्बन्धी जाहेरी दिएका थिए। उक्त कसुरमा उनीविरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको प्रहरीले जनाएको छ।
मुद्दा दायर भएपछि तामाङ फरार रहेको पाइएकाले पक्राउ गरिएको एसपी थापाले बताए। उनलाई मंगलबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।




