काठमाडौँ । सामाजिक सञ्जालमा विभिन्न मूल्यमा ‘केटी मिलाइदिन्छु’ भन्दै वेश्यागमनको प्रचार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्।

प्रहरीका अनुसार लामाले विभिन्न मूल्य तोकेर युवती उपलब्ध गराउने आशयका भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएको थियो। सोही आधारमा उनलाई भदौ २७ गते पक्राउ गरिएको हो।

उनीविरुद्ध वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

भिडियोमा देखिएको हुलियाभन्दा फरक हुलिया बनाएर हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय