काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरबाट प्रहरीले ७ केजी गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ २८ गते बिहान करिब ८ बजे तारेभीरनजिक चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानका ६५ वर्षीय लक्ष्मीराम गौतमको साथबाट गाँजाजस्तो देखिने पदार्थ ७ केजी फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गौतमविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय