वीरगन्ज । प्रहरीले वीरगन्जबाट भन्सार छली गरी ओसारपसार गर्न लागिएको ११ लाख रुपैयाँभन्दा बढी मूल्यका लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँ क्षेत्रबाट भन्सार छलीका लत्ताकपडा बरामद गरिएको हो। सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाउने क्रममा उक्त सामग्री फेला पारेको जनाएको छ।

प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लका अनुसार बरामद लत्ताकपडाको कुल मूल्य ११ लाख २ हजार १ सय ४० रुपैयाँ रहेको छ।

बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय