काठमाण्डौं। नेपाल प्रहरीका जनपद समूहतर्फका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले सिफारिस सूची सार्वजनिक गरेको हो।

सिफारिस सूचीको पहिलो स्थानमा डीएसपी कुलदीप चन्द रहेका छन्। त्यसपछि सिफारिस हुनेमा निम्न नामहरू समावेश छन्:

सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नवीन कृष्ण भण्डारी, तिलक भारती, केशव कुमार थेवे, सूर्य खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ, शरत कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईँ, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रवीन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की।

अन्य सिफारिस भएका अधिकृतहरूमा श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण श्रेष्ठ, लालध्वज सुवेदी, र रुगम बहादुर कुँवर रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय