
काठमाडौं । नेपाल प्रहरी कार्यदक्षता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय चितवन मातहतको प्रहरी चौकी चैनपुर देशभरिमा सर्वोत्कृष्ट भएको छ ।
नेपाल प्रहरीले आज आयोजित एक विशेष समारोहमा प्रहरी चौकी चैनपुरका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द बहादुर महतोलाई सर्वोत्कृष्ट प्रहरी चौकी प्रमुखको रूपमा सम्मान गरेको हो।

२०८१ सालको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON) मा उहाँको उत्कृष्ट कार्यसम्पादनका कारण यो सम्मान प्रदान गरिएको छ ।
सर्वोत्कृष्ट प्रहरी चौकी चैनपुर“ घोषित गरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रशंसापत्र प्रदान गर्नुभएको थियोे । महतोको मेहनत र समर्पणको कारणले गर्दा यो चौकीले जनताको विश्वास जित्न सफल भएको हो ।




