काठमाडौँ— काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भई सोल्टीमोडमै बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गुरुङले लुकाइ राखेको अवस्थामा अमेरिकन रिभल्भर बरामद गरिएको हो। गुरुङलाई नियंत्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय