
काठमाडौं । नक्खु कारागारबाट फरार एक कैदीले आफ्नै पत्नीको हत्या गरेका छन्।
काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५/३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए। उनी जबर्जस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार, घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली परिचालित भइसकेको छ।



