धनुषा — धनुषाको विदेह नगरपालिका–३ जोगियाराबाट मंगलबार बिहान अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुरका १८ वर्षीय किशोर रहेका छन्।

प्रहरीका अनुसार वीरेन्द्र बजारतर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा गाँजा ल्याउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले गणेशमान चारनाथ नगरपालिका–४, वीरेन्द्र बजारस्थित सडकबाट चालक गुम्बा र सहचालकलाई नियन्त्रणमा लिएको हो।

धरानबाट ल्याइएको उक्त गाँजा विदेह नगरपालिका–३ जोगियारास्थित एक ईट्टा भट्टामा राखिएको अवस्थामा प्रहरीले १९ वटा पोकामा फेला पारेको जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय