
काठमाडौं । तीनकुनेस्थित प्रहरी वृत्तमा आगजनी र लुटपाट गर्ने समूहमध्येका एक सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन्।
अख्तरको साथबाट प्रहरी चौकी तीनकुनेलगायत स्थानबाट लुटिएका गोली, दुई म्यागेजिन र हतकडी बरामद गरिएको प्रहरीले जनाएको छ। उनी सिंहदरबारमा भएको आगजनी घटनामा समेत संलग्न रहेको प्रमाण फेला परेको छ।

यस्तै लाहानका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव, र सिरहाका सन्तोष मण्डल पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट समेत लुटिएका सामग्री बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, सर्वोच्च अदालतको सुरक्षार्थ खटिएको प्रहरी गणबाट ९ थान हतियार कब्जा भएको पुष्टि भएको छ। अदालतमा आगजनी भएपछि प्रदर्शनकारीहरूले ती हतियार लुटेका थिए।
प्रहरीका अनुसार सिसिटिभी फुटेज, सामाजिक सञ्जाल र मिडियामा आएका भिडिओका आधारमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ।