
काठमाडौं — नागार्जुन नगरपालिका–१ रानिवनस्थित एक पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
शनिबार दिउँसो प्रहरीले गोरखा गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनालसहित आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद ३५ हजार ४८० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाएको छ।




