काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ क्षेत्रबाट आफूलाई ‘फोहर मैलाको कर्मचारी’ भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ–६ मा बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आइतबार साँझ ५ बजे प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लामा काठमाडौँ महानगरपालिकाको फोहोर संकलन शाखामा कार्यरत नरहेको पुष्टि भएको छ। तर उनले आफू महानगरका फोहोर संकलन विभागको कर्मचारी हुँ भन्दै विभिन्न टोल–टोलमा गई घरधुरीहरूबाट हालसम्म करिब १३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय