सिरहा, साउन १०। सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको लौकाहा बजार निवासी करिब २४ वर्षीय राहुल कुमार रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीका अनुसार, शनिबार बिहान करिब ९:३० बजे लहानस्थित सुरक्षा बेसक्याम्पबाट खटिएको चेक प्वाइन्ट टोलीले इनरुवाबाट आउँदै गरेको एक यात्रुबाहक बसमा सवारी जाँच गर्ने क्रममा राहुललाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिसँग फेला परेको रकमको कुनै वैधानिक स्रोत नखुलेको र शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद नगद रकमसहित पक्राउ परेका राहुल कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय