चितवन, साउन १०।चितवन प्रहरीले अवैधानिक रूपमा भारततर्फ निर्यात गर्न लागिएको ६७१ किलो गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकै भारततर्फ लैजान लागिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो।

भारतबाट नेपाल आएको यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकको अगाडि सिटमाथि फल्स बटन (कृत्रिम छानो) बनाइ त्यसमा समान प्रकृतिका ४३ वटा प्याकेटमा गाँजा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रकसहित भारतको पूर्वी चम्पारण जिल्लाको तुर्कालिया निवासी ३७ वर्षीय चालक शेख सविल अख्तरलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालकसँगै एक थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय