
बाँके — जिल्ला बाँके बैजनाथ गाउँपालिका–२ मकैबारीमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा फरार रहेका भुपेन्द्र रोकायलाई कोहलपुर प्रहरीले चार दिनपछि पक्राउ गरेको छ।
वर्ष ३२ का भुपेन्द्र रोकायले आफ्नै सहोदर बुबा टोप बहादुर रोकायलाई घरको आँगनमै दाउराले टाउकोमा हानेर हत्या गरेका थिए।

घटना पश्चाप प्रहरी नायब निरीक्षक तेज बहादुर रानाको कमाण्डमा २ जना, इप्रका चिसापानीबाट प्रहरी निरीक्षक रबिन्द्र अधिकारीको नेतृत्वमा ७ जना, इप्रका कोहलपुरबाट प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालको नेतृत्वमा ५ जना, प्रहरी निरीक्षक हरी भट्टराईको कमाण्डमा ११ जना र प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा SOCO सहित ७ जना प्रहरी घटनास्थलमा खटिएका थिए। लाश घटनास्थलमै फेला परेको थियो भने भुपेन्द्र रोकाय फरार थिए। फरार अभियुक्तको खोजतलासका लागि प्रहरी नायब निरीक्षक विष्णु पौडेलको नेतृत्वमा कुकुरसहित थप टोली पनि परिचालन गरिएको थियो।
बैजनाथ गाउँपालिका–२, पहाडीपुरस्थित खैरेनी सामुदायिक वनको भवनमा लुकीछिपी बसेको अवस्थामा फरार भुपेन्द्र रोकायलाई प्रहरीले आज पक्राउ गरेको हो।
पक्राउ कार्यमा इप्रका बनकटवा बाँकेबाट प्रहरी हवल्दार हेमराज चौधरीको कमाण्डमा २ जना, इप्रका कोहलपुरबाट प्रहरी नायब निरीक्षक कमल थापाको नेतृत्वमा ६ जना र इप्रका चिसापानीबाट प्रहरी निरीक्षक रबिन्द्र अधिकारीको कमाण्डमा ५ जनाको संयुक्त टोली खटिएको थियो।
पक्राउ परेका रोकायालाई बॅाके जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय बॅाकेका प्रवक्ता डिएसपी दीपक पातलीले जानकारि दिनु भयो।



