वीरगञ्ज, पर्सा — बाल सुधार गृह पर्सामा चौकीदारको जिम्मेवारीमा कार्यरत रहँदा कैदीहरूमाथि दबाब दिई ठगी गरेको अभियोगमा पूर्व चौकीदार प्रमानन्द गुप्ता पक्राउ परेका छन्।

विभिन्न अदालतको आदेशमा लागुऔषध सम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका बाल कैदीहरूसँग गुप्ताले चौकीदारको हैसियतमा रहँदै उनीहरूलाई मानसिक दबाब दिई नगद तथा ईसेवा मार्फत गरी कुल रु. १०,१५,३७० (दश लाख पन्ध्र हजार तीन सय सत्तरी) असुलेको खुलासा भएको छ।

जिल्ला सिराहा, लाहान नगरपालिका–३ का २४ वर्षीय गुप्ता मिति २०८२।०३।३२ गते बाल सुधार गृहबाट कैद अवधि समाप्त गरी छुट्ने जानकारी पाएपछि पीडित कैदीहरूले बाल सुधार गृह प्रशासन तथा प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।

प्राप्त जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (extortion) सम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अदालतबाट तीन दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय