काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले काठमाडौंको बल्खुबाट ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कुंगा तामाङ र पदमबहादुर महतो रहेका छन्। उनीहरूले भाडामा लिएको डेरामा लागुऔषध लुकाएर राखेको सूचनाका आधारमा प्रहरीको टोलीले छापा मार्दा ३१ हजार १०१ एम्पुल लागुऔषध बरामद गरिएको ब्यूरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।

प्रहरीका अनुसार बरामद लागुऔषधमध्ये १० हजार ३६७ एम्पुल बुप्रेनोर्फिन, १० हजार ३६७ एम्पुल डाइजेपाम र १० हजार ३६७ एम्पुल फेनार्गन रहेका छन्।

दुवै अभियुक्तविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर ब्यूरोले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

लागुऔषध ब्युरोले यसलाई ठूलो सफलता मानेको छ र लागूऔषध कारोबारमा संलग्न समूहको नेटवर्क पहिचान तथा नियन्त्रण गर्न अनुसन्धान थप तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय