रौतहट — बारा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध एम्पुलसहित एक युवकलाई पक्राउ गरेको छ।

जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी २० वर्षीय सेराज अन्सारीलाई प्रहरीले ४ हजार ५ सय पिस लागूऔषधसहित नियन्त्रणमा लिएको हो। अन्सारीलाई कलैया उपमहानगरपालिका–५ स्थित भरत चोकबाट मटिअर्वातर्फ जाने सडकखण्डमा पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए।

डीएसपी पण्डितका अनुसार, अन्सारी दुई वटा आँपको क्यारेट बोकेर उभिरहेका थिए। प्रहरी टोली देखेपछि भाग्न खोजेपछि शंकाको आधारमा चेकजाँच गर्दा लागूऔषध फेला परेको हो।

पक्राउ परेका अन्सारीको साथबाट नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० गरी कुल ४ हजार ५ सय पिस एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। ती सबै लागूऔषध १५ पोकामा प्याक गरिएको अवस्थामा फेला परेको हो।

हाल अन्सारीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बारा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय