
बुटवल । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालन भइरहेको प्रहरी जवान आधारभूत तालिममा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक राजेश कुमार तेलीलाई ‘भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी/प्रशिक्षक’ घोषित गरिएको छ।
२०८२ मंसिर १७ गतेदेखि सञ्चालनमा रहेको प्रहरी जवान आधारभूत तालिम १२–८औँ समूहमा तालिम संयोजकका रूपमा खटिएका निरीक्षक तेलीले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अजय के.सी.ले कार्यसम्पादनमा प्रभावकारिता अभिवृद्धि गर्नुका साथै प्रहरी कर्मचारीमा थप हौसला र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले निरीक्षक तेलीलाई २०८३ साल भाद्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी/प्रशिक्षक’ (Best Police/Instructor of the Month) पुरस्कारबाट सम्मानित गरेका हुन्।
महाविद्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।




