वीरगञ्ज । पर्सामा प्रहरीले २ राउन्ड हवाई फायर गर्दै ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका–१, मलाही टोलमा आइतबार राति करिब १० बजे गाँजाको कारोबार भइरहेको सूचनापछि प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र बुढी सहनी रहेका छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय