
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।

रास्वपाको केन्द्रीय कार्यालयमा साँझ ५ बजेपछि हुने कार्यक्रममा नागरिकले अर्थमन्त्री वाग्लेसमक्ष आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा राख्न पाउने पार्टीले जनाएको छ ।
रास्वपाका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा नागरिकले अर्थमन्त्रीसमक्ष आफ्ना विषय तथा सुझाव प्रस्तुत गर्नेछन् ।
त्यसपछि दोस्रो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच समसामयिक र नीतिगत विषयमा छलफल हुनेछ ।\
नागरिकका आवाज र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माणसँग जोड्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले भदौ १ गतेदेखि कार्यक्रम सुरु गरिएको रास्वपाले जनाएको छ ।




