
नुवाकोट । भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले नदी किनारका बस्ती, बजार तथा महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
त्रिशूली नदी आसपासका कैयौँ बस्ती बाढी र कटानका कारण तहसनहस भएका छन्। कतिपय घर तथा संरचना नदीमा बगेका छन् भने उभिएका भवनको जगसमेत कटानले कमजोर बनेको छ। त्रिशूली, ढुंगेबजार र देवीघाटका नदी किनार क्षेत्र भग्नावशेष र बालुवाले भरिएका छन्।

बाढीबाट जलविद्युत आयोजनाका संरचनामा समेत ठूलो क्षति पुगेको छ। आयोजनाहरू प्रभावित भएपछि नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदा बाढी प्रभावित नागरिकको जनजीवन थप कठिन बनेको छ।




