
सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।
प्राप्त विवरणअनुसार, सुनसरीको देवानगञ्जमा भएको घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए ।

सोही घटनासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले अनवरलाई पक्राउ गरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





