
काठमाण्डौं। भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।
भूमे गाउँपालिका–३, झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए। करिब एक वर्षदेखि उक्त चौकीमा कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए।

लामो समयसम्म खोजी गर्दा पनि उनको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरेको





